पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
nepalnews.com · Wed Aug 19 04:57:03 GMT 2026

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।
राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । आज बिहान ७ः०० बजेको समयमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)