ट्रम्पले किन गरे राष्ट्रपतीय निर्वाचनमा गैरअमेरिकी नागरिकले मतदान गरेको दाबी ?
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन्। अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच दाँजी हेर्ने क्रममा यस्तो तथ्य फेला परेको उनको भनाइ छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै जनगणना ब्युरोले पहिलो चरणमा १२ करोड ८० लाख मतदाताको विवरण परीक्षण गर्दा २४ हजारभन्दा बढी गैरनागरिकले अवैध रूपमा मतदान गरेको प्रमाणित भएको दाबी गरेका छन्। बाँकी ३ करोड २० लाख मतदाताको विवरणसमेत परीक्षणको क्रममा रहेको र त्यसपछि यो संख्या अझ बढ्ने उनको तर्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)