किन बनेन दश वर्षमा पनि मनाङमा पुल?
reportersnepal.com · Wed Aug 19 05:05:35 GMT 2026

काठमाडौं, भदौ ३ । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। उक्त पुल मस्र्याङ्दी नदीमा निर्माण हुँदैछ।
पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले ७० प्रतिशत रकम भुक्तानी लिइसकेको भए पनि काम निकै सुस्त छ। सो कार्यालय प्रमुख हरि थापाले निर्माण कम्पनीलाई आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षाअनुसार निर्माण हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)