३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
barnanmedia.com · Wed Aug 19 05:01:35 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो ।
बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ । उक्त निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)