मानव अधिकार पुरस्कारका लागि मन्त्रालयले माग्यो सिफारिस : २१ दिनभित्र आवेदन दिन सकिने
ratopati.com · Wed Aug 19 05:11:44 GMT 2026

काठमाडौँ । सरकारले यस वर्षको ‘मानव अधिकार पुरस्कार’ का लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने एक जना व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्नका लागि सिफारिस माग गरेको हो।
नेपाल सरकारले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारका लागि योग्य व्यक्ति वा संस्थालाई कुनै पनि व्यक्ति वा संस्थाले सिफारिस गर्न सक्ने मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)