जेन–जी आन्दोलनका कारण प्रदेश सभामा ६८ लाख खर्च
nepalnews.com · Wed Aug 19 05:36:22 GMT 2026

जनकपुरधाम । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको मधेस प्रदेश सभा भवन रङरोगन र आवश्यक सामग्री खरिदमा करिब ६८ लाख रुपैंयाँ खर्च भएको छ। जेन–जीहरुको दुई दिने आन्दोलनका क्रममा दोस्रो दिनमा प्रदेश सभा भवनमा तोडफोड र आगजनी भएको थियो।
अहिले पनि कतिपय भवनहरु मर्मत हुन सकेको छैन भने शिक्षा कार्यालयको पुरानो भवनमा प्रदेश सभा सञ्चालन हुँदै आएको छ। आगजनी र तोडफोड भएपछि कतिपय भवनहरु जीर्ण समेत बनेका छन्। प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनका क्रममा विषयगत समितिको कार्यालय, संसदीय दलको कार्यालय, प्रदेश सभाको हलसहितमा क्षति पुगेको थियो । त्यसै गरी प्रदेश सभाका सभामुखसहितको विभिन्न कोठाहरुमा समेत क्षति पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)