नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.ढुण्डीराज पौडेल
annapurnapost.com · Wed Aug 19 05:31:35 GMT 2026

काठमाडौं : नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
डा.पौडेल वरिष्ठ नाक,कान तथा घाँटी विशेषज्ञ हुन्। उनी हाल नेपालगञ्ज मेडिकल कलेज,कोहलपुरमा नाक,कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्। यसअघि उनले वीर अस्पताल,भेरी अस्पताल,भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)