चोटका कारण इंग्ल्यान्डविरुद्ध पहिलो टेस्ट गुमाउँदै बाबर आजम
nagariknews.nagariknetwork.com · Wed Aug 19 05:36:46 GMT 2026
पाकिस्तानका स्टार ब्याटर तथा टेस्ट टिमका कप्तान बाबर आजम चोटका कारण इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्।
बेकेनहममा भएको अभ्यास खेलका क्रममा हातमा चोट लागेपछि उनले लिड्समा सुरु हुने विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेल गुमाउने भएका हुन्। बाबरको स्थानमा सलमान अली आघालाई पाकिस्तानको कप्तानीको जिम्मेवारी दिइएको छ। बाबरले यसअघि वेस्ट इन्डिज भ्रमणमा पाकिस्तानको कप्तानी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)