देउवालाई पदमुक्त गर्ने निर्णयप्रति कांग्रेसको आपत्ति
nagariknews.nagariknetwork.com · Wed Aug 19 05:13:00 GMT 2026

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेशसभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन्।
बुधबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै शाहले कुनै प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित सदस्यसँग आवश्यक सोधपुछ गरी आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने बताए। प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित व्यक्तिलाई सुनुवाइको अवसर नदिई गरिएको निर्णय उचित नहुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)