चितवन वन कार्यालयद्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
reportersnepal.com · Wed Aug 19 05:57:19 GMT 2026

चितवन, ३ भदौ । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।
कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)