१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण
nepalviews.com · Wed Aug 19 06:01:39 GMT 2026
काठमाडौं । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् ।
हिमालयन र्याम्बलरका अनुसार आरोहणमा सहभागी १३ जना शेर्पाले विभिन्न आरोहण टोलीलाई शिखरसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूको नेतृत्वमा करिब ३० जना आरोहीले लेनिन पिकको शिखर सफलतापूर्वक पुग्न सकेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)