बिनाजानकारी ९० दिनभन्दा बढी अनुपस्थित लेखापाल ज्ञवालीलाई बर्खास्त गर्ने तयारी
ratopati.com · Wed Aug 19 06:06:34 GMT 2026

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले यान्त्रिक तालिम केन्द्र ललितपुरमा नेपाल प्रशासन सेवा लेखापाल पदमा कार्यरत सरस्वती घिमिरे ज्ञवालीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।
कार्यालयका अनुसार ज्ञवाली विक्रम संवत् २०८१ पुस २ गतेदेखि आफू पदमा रहेको कार्यालयमा बिनाजानकारी ९० दिनभन्दा बढी अवधि अनुपस्थित रहेको देखिएको छ। यसअघि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को १ (छ) अनुसार ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने हो ?’ भन्दै महालेखाले विक्रम संवत् २०८३ साउन १२ गतेको गोरखापत्र दैनिकमा १५ दिनभित्र सफाइ र स्पष्टीकरण पेस गर्ने गरी सूचना प्रकाशित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)