राष्ट्रियसभा बैठकमा दुई मन्त्रीले दिनेछन् मौखिक प्रश्नको जबाफ
himalpress.com · Wed Jul 01 02:58:05 GMT 2026

काठमाडौँ- राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)