नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
ratopati.com · Wed Aug 19 06:10:38 GMT 2026

काठमाडौँ । नेपाली वैज्ञानिक डा.शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ । अधिकारीले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उनलाई सम्मान गरिएको हो ।
डा.अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत रहेका छन् । उनको टोलीले विकास गरेको इलेक्ट्रो–लिथ प्रविधि विश्वभरबाट छनोट गरिएका यस वर्षका १०० उत्कृष्ट प्राविधिक नवप्रवर्तनमा पुरस्कृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)