सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउन लामिछानेले गरे मन्त्री र सांसदसँग छलफल
annapurnapost.com · Wed Aug 19 06:14:45 GMT 2026

काठमाडौं : सांसद र मन्त्रि विवादमा आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले छलफल गरेका छन्। आज संसदीय दलको कार्यालय सिंहदरबारमा सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल जारी रहेको छ।
सरकारका काम र सांसदले सदनमा उठाएका विषयमा तालमेल नमिलेकाले सभापति लामिछानेले छलफल गरेका छन्। दलको बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको छ। पार्टीको नीति र अनुशासन विपरीत सांसद बोल्न थालेपछि सभापति लामिछानेले विशेष निर्देशन दिने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)