चिनियाँ राष्ट्रपति सी चिनपिङले गरे थियानमेन दमनको प्रशंसा
lokaantar.com

चिनियाँ राष्ट्रपति सी चिनपिङले सन् १९८९ को थियानमेन स्क्वायर लोकतन्त्र पक्षधर आन्दोलनमाथिको दमनको प्रशंसा गरेका छन् । सन् १९९३ देखि २००२ सम्म देशको नेतृत्व गरेका जियान जेमिनको जन्म शताब्दीको अवसरमा बेइजिङको ग्रेट हल अफ द पिपलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सीले राष्ट्रको सार्वभौमसत्ता रक्षाका लागि चिनियाँ जनतालाई ‘अदम्य संघर्षशील भावना’मा फर्किन आह्वान गरेका हुन् ।
सन् २०२२ मा ९६ वर्षको उमेरमा निधन भएका जियान जेमिनले चीनलाई तीव्र आर्थिक वृद्धिको दशकमा नेतृत्व दिएको श्रेय पाए पनि उनी १९८९ को थियानमेन नरसंहारका लागि पनि जिम्मेवार मानिन्छन्, जहाँ चिनियाँ सेनाले कम्तीमा १० हजार लोकतन्त्र पक्षधर प्रदर्शनकारीहरूको हत्या गरेको थियो । बेइजिङले यस नरसंहारका सार्वजनिक स्मरणोत्सवहरूमाथि प्रतिबन्ध लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)