चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता
khabarhub.com · Wed Aug 19 06:37:47 GMT 2026

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ। पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिको विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ।
चिनियाँ राज्य सञ्चारमाध्यमका अनुसार बुधबार बिहान प्रक्षेपण गरिएको पुनःप्रयोगयोग्य ‘झुक–३’ रकेटको पहिलो चरण सफलतापूर्वक पृथ्वीमा फर्किएर सुरक्षित अवतरण गरेको हो। अवतरणका क्रममा पहिलोपटक तैनाथ गर्न मिल्ने अवतरण खुट्टाको प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)