जीवीमा चेकआउट बाई फोनपे विस्तार, २०% सम्म क्यासब्याक अफर
clickmandu.com · Wed Aug 19 06:44:51 GMT 2026

काठमाडौं । फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ । यससँगै जीवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन् ।
यस एकीकरणमार्फत जीवीमा सामान खरिद गर्ने ग्राहकहरूले भुक्तानीको क्रममा चेकआउट बाई फोनपे छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत आफ्नो भुक्तानी सहज रूपमा पूरा गर्न सक्नेछन् । यसले सामान छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई थप सहज र सुविधाजनक बनाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)