लेखा समितिमा नोकझोक : आईजीपीमाथिको प्रश्न कि प्रहरी मनोबलमाथिको प्रहार ?
onlinekhabar.com · Wed Aug 19 07:05:36 GMT 2026

गत वर्ष भदौ २३–२४ को जेनजी आन्दोलनको केही हप्तापश्चात् यो पङ्क्तिकार काठमाडौंस्थित लैनचौर–लाजिम्पाट होटल एम्बेसडरको अघिल्तिरको एक क्याफेमा थियो। व्यस्त ट्राफिक, अझै सबै ट्राफिकहरू सेवामा नफर्किसकेकाले पनि होला अस्तव्यस्त सवारी आवत–जावतले दुई घण्टा साथीको कुराइमा त्यही क्याफेमा बिताएँ।
८–१० जना प्रहरी जवान त्यस चोकमा खटिएका थिए। मध्याह्नको गर्मीले सबैको निधारमा पसिना देखिन्थ्यो। यस बीचमा कुनाबाट एक जना जवानले प्लास्टिकको जगमा (सानो, आधा लिटरको हुनुपर्छ) पानी लिएर आए र त्यही जगबाट सात जनाले मुख भिजाए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)