नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
nepalnews.com · Wed Aug 19 07:11:34 GMT 2026

काठमाडौं । नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ । उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उनलाई सम्मान गरिएको हो। डा. अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत छन् । उनको टोलीले विकास गरेको इलेक्ट्रो–लिथ प्रविधि विश्वभरबाट छनोट गरिएका यस वर्षका १०० उत्कृष्ट प्राविधिक नवप्रवर्तनमा पुरस्कृत भएको हो।
यस पुरस्कारलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रायः ‘ओस्कार अफ इनोभेसन’ अर्थात् नवप्रवर्तनको ओस्कारका रूपमा चिनिन्छ। विश्वका विभिन्न अनुसन्धान संस्था, विश्वविद्यालय तथा उद्योगबाट विकास भएका हजारौं प्रविधिमध्ये प्रभावशाली १०० प्रविधिलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)