टाटाको नयाँ पन्च इभि र टियागोसँग पुराना गाडी साटिने
kendrabindu.com · Wed Aug 19 07:17:28 GMT 2026

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यहि बिहिबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ । कम्पनीले यही भदौ ४ गतेदेखि ७ गतेसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग साट्न सकिने कम्पनीले जनाएको छ । पुरानो गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ ।
योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)