तरकारी र खाद्य वस्तुको मूल्यमा भारी वृद्धि : गोलभेँडा २५३ प्रतिशतसम्म महँगो
nepalpress.com · Wed Aug 19 07:19:02 GMT 2026

काठमाडौं । भान्सामा प्रयोग हुने प्रमुख तरकारी, फलफूल तथा खाद्य वस्तुहरूको मूल्यमा भारी वृद्धि भएको छ । बजार मूल्य विश्लेषण सम्बन्धी पछिल्लो प्रतिवेदन अनुसार २०८३ असार महिनामा हरियो तरकारी र फलफूलको मूल्य २५३ प्रतिशतसम्म महँगो बनेको हो ।
उक्त प्रतिवेदनका अनुसार सबैभन्दा बढी मूल्य वृद्धि सानो गोलभेँडा (लोकल) मा देखिएको छ । अघिल्लो अवधिभन्दा स्थानीय सानो गोलभेँडाको मूल्य २५३ प्रतिशतले बढेको छ भने टनेलमा उत्पादन गरिएको सानो गोलभेँडाको मूल्य पनि १५८.६ प्रतिशतले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)