विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण
khabarhub.com · Wed Aug 19 07:21:02 GMT 2026

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर श्रॉफ एउटै विज्ञापनका कारण कानुनी झमेलामा परेका छन्।
उनीहरुलाई महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कारण देखाऊ सूचना पठाएको छ। एफडीएले तीनै अभिनेतालाई विज्ञापनमा आफ्नो भूमिकाबारे स्पष्टीकरण दिनुका साथै सामाजिक सञ्जालबाट सम्बन्धित प्रचार सामग्री हटाउन १५ दिनको समय दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)