बागमती सरकार गठनका लागि एमालेका थापामगरले गरे दाबी पेस
ratopati.com · Wed Aug 19 07:27:48 GMT 2026

हेटौँडा । बागमती सरकार गठनका लागि एमालेका किरण थापामगरले दाबी पेस गरेका गरेका छन् । नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन् ।
एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका हुन् । थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष दाबी पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)