एआईसँग पूर्वप्रेमीकाको हत्या योजना सिके, एआईले नै प्रहरीलाई खबर गरिदिएपछि पक्राउ
lokaantar.com

कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटसँग पूर्वप्रेमिकामाथि हिंसा र हत्या गर्ने योजनाबारे कुराकानी गर्ने एक २५ वर्षीय अमेरिकी युवकलाई अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले पक्राउ गरेको छ । पछिल्लो समय एआई च्याटबटहरूमार्फत हिंसात्मक तथा आपराधिक योजनाहरू बनाउने गरेको घटनाहरू सार्वजनिक भैरहेका बेला पूर्वप्रेमिकाको हत्या गर्ने योजनाबारे कुराकानी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
युएसए टुडेको समाचारअनुसार फ्लोरिडाका २५ वर्षीय ड्यारेन झाउले च्याटजिपिटीमा आफ्नी पूर्वप्रेमिकालाई बलात्कार र हत्या गर्ने योजनाका विवरणहरू शेयर गरेका थिए । कुराकानीका क्रममा संकास्पद तथा खतरनाक गतिविधि महसुस हुनासाथ च्याटबोटको निर्माण गर्ने कम्पनी 'ओपनएआई'ले तुरुन्तै संघीय अधिकारीहरूलाई सतर्क गराएको थियो, जसको आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)