बिजुलीको महसुल घटाउने सरकारको तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने गृहकार्य
bishowkhabar.com · Wed Aug 19 07:33:29 GMT 2026

काठमाडौं– सरकारले वर्षायाममा खेर गइरहेको विद्युत्को आन्तरिक खपत बढाउन बिजुलीको महसुल घटाउने तयारी तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरेपछि सरकारले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने उपायबारे गृहकार्य अघि बढाएको हो।
मन्त्रालयले गठन गरेको समितिको बैठक बुधबार अपराह्न बस्दैछ। नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञका प्रतिनिधि सदस्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)