नेपाली राजनीतिमा देखिएको संकट र समाधानको मार्ग
arthadabali.com · Wed Aug 19 07:42:21 GMT 2026

नेपाली राजनीतिमा अन्योल, अस्थिरता, अविश्वास र निराशा आज पनि उस्तै छ । ०७ सालदेखि ४६ साल हुँदै ५२ सालको १० वर्षे सशस्त्र जनयुद्ध र २०६२/६३ को आन्दोलन हुँदै गत वर्ष भदौ २३ को युवा पुस्ताको आन्दोलनबाट उथलपुथल ल्याए पनि नागरिकमा निराशा कायमै छ । ठूला राजनीतिक परिवर्तनले आंशिक उपलब्धी हासिल भए पनि नागरिक सन्तुष्ट हुने अवस्था हुनै सकेन । जनतामा सबै राजनीतिक दल तथा समूहहरु उस्तै हुन् भन्ने भाष्य सिर्जना गरिएको छ ।
नेपाली राजनीतिमा आज देखिएको अन्योल, अस्थिरता, अविश्वास र निराशाको मूल जरा केवल सत्ता संघर्षमा मात्र होइन, बरु राजनीति कुन आधारमा सञ्चालन भइरहेको छ भन्ने गहिरो प्रश्नसँग जोडिएको छ । राजनीति विचार–सिद्धान्तबाट निर्देशित छ कि व्यवहारवाद र अवसरवादबाट ? यही प्रश्नको उत्तरभित्र वर्तमान संकटको वास्तविक कारण र समाधान दुवै लुकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)