सुटिङ स्थलमा घाइते भए कार्तिक आर्यन
ratopati.com · Wed Aug 19 07:52:26 GMT 2026

नयाँ दिल्ली । बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन् । निर्देशक कविर खानको निर्देशनमा बनिरहेको स्पोर्ट्स ड्रामा फिल्मको सुटिङको क्रममा मुम्बईमा कार्तिकको घुँडामा चोट लागेको हो ।
उनको अस्पतालमा उपचार भइरहेको र एक दुई दिनमा घुँडाको शल्यक्रिया गरिने बताइएको छ । फिल्म छायाङ्कनको अन्तिम चरणमा थियो । फिल्मका महत्त्वपूर्ण दृश्य २ दिनभित्र छायाङ्कन गर्ने तालिका बनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)