भोट फिर्ताबारे गृहमन्त्रीले भने– आफ्ना मतदातासँग जोक गर्न हुँदैन त ?
ratopati.com · Wed Aug 19 07:57:45 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई भोट फिर्ता लैजानोस् भन्ने अभिव्यक्तिलाई जोक गरेको बताएका छन् । बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मतदातासँग जोक गरेको बताएका हुन् ।
‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’, सञ्चारकर्मीसँग झोक्किँदै गुरुङले भने । केही दिनअघि निर्वाचन क्षेत्रका जनताका समस्या बुझ्ने क्रममा उनले निर्वाचनको बेला वाचा गरेको स्वास्थ्य सामाग्री उपलब्ध नभएकोप्रति मतदाताहरूले गुनासो गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)