दुई दिनपछि मन्त्री पराजुलीले सम्हाले कार्यभार, जिल्ला अस्पताललाई ५० शैंया बनाउने पहिलो निर्णय
nepalnews.com · Wed Aug 19 07:56:35 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्रालय हेरफेरप्रति असन्तुष्टि जनाउँदै आएका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले दुई दिनपछि बुधबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। कार्यभार सम्हालेकै दिन उनले प्रदेशभित्रका सबै सरकारी जिल्ला अस्पताललाई ५० शैंयामा स्तरोन्नति गर्ने निर्णय गरेका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) लाई सरकारमा सामेल गराएर मन्त्रालय बाँडफाँड र हेरफेर गर्दा आफूलाई जानकारी नगराएको तथा मर्यादाक्रममा समेत पाँचौं स्थानमा राखिएको भन्दै पराजुली असन्तुष्ट बनेका थिए। यही असन्तुष्टिका कारण सोमबार नियुक्त भएका अन्य मन्त्रीहरूले सोही दिन पदभार सम्हाल्दा पराजुली भने मन्त्रालय नगई घरमै बसेका थिए । सोमबार र मंगलबार मन्त्रालय अनुपस्थित रहेका उनले ‘बिरामी भएको’ कारण देखाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)