वीर अस्पतालमा मिर्गौला ओपीडी पाँच दिन, विभागीय प्रमुख डा बराल भन्छन्- गुनासोसँगै कृतज्ञता व्यक्त गरिदिनुहोस्
swasthyakhabar.com · Wed Aug 19 08:18:00 GMT 2026

काठमाडौं - वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा सातामा पाँच दिन सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि मंगलबार ओपीडी सञ्चालन नहुँदा अन्य दिन बिरामीको चाप बढेपछि अस्पतालले सेवा विस्तार गरेको हो।
वीर अस्पतालले भदौ २ गते जारी गरेको सूचनाअनुसार नेफ्रोलोजी विभागको ओपीडी सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार सञ्चालन हुनेछ। सोमबार र बुधबार बिहान तथा दिउँसो दुवै सत्रमा ओपीडी सञ्चालन हुनेछ भने मंगलबार र बिहीबार बिहानको सत्रमा सेवा उपलब्ध हुनेछ। शुक्रबार भने बिहान र दिउँसो दुवै सत्रमा ओपीडी सञ्चालन हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)