लोकतन्त्रमा देश धर्म सापेक्ष हुन सक्दैन : सुरेश आले
baahrakhari.com · Wed Aug 19 08:25:11 GMT 2026

काठमाडौं । सांसद सुरेश आलेमगरले देश धर्मसापेक्ष हुन नसक्ने बताएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा उनले निरंकुशतामा जे भए पनि लोकतन्त्रमा धर्म सोपक्षा राज्यको परिकल्पना गर्न नसकिने बताए ।
“धर्म र राज्य संवेदनशील विषय हुन् । नेताहरूको धर्म हुनसक्छ, तर कुनै पनि पार्टीको धर्म हुन सक्दैन,” आलेमगरले बुधबारको बैठकमा भने, “लोकतान्त्रिक व्यवस्थामा धर्म सापेक्ष राष्ट्र हुन सक्दैन । निरंकुश पञ्चायतमा धर्म सापेक्ष राष्ट्र थियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)