तिला-१ जलविद्युतमा एनएमबि बैंकको नेतृत्व, ५९ अर्ब ४० करोड लागत
kendrabindu.com · Wed Aug 19 08:29:01 GMT 2026

काठमाडौं। कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन एनएमबि बैंकको नेतृत्वमा भएको छ। एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ भने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। अन्य बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा सहभागी लगानीकर्ताका रूपमा ऋण लगानी गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)