सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
annapurnapost.com · Wed Aug 19 08:20:39 GMT 2026

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सत्ता समीकरण परिवर्तनसँगै मुख्यमन्त्री नियुक्त भएका भट्टले सरकारलाई पूर्णता दिनुअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीति बनाएका छन् । सत्तारुढ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोटमा सहमति जुटाउन कठिनाइ भएपछि उनले पहिले सरकारको वैधानिक आधार बलियो बनाउने र त्यसपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)