बागमती सरकारमा दाबी गरेका थापाको नियुक्ति र शपथ बिहीबार हुने
ratopati.com · Wed Aug 19 08:31:31 GMT 2026

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापाले बहुमतसहित दाबी पेस गरेका छन् । उनले प्रदेशसभाका ६३ सांसदको समर्थनमा सरकारमा दाबी गरेका हुन् ।
उनले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष दाबी गरेका हुन् । ३ दलको संसदीय दलका नेताको हस्ताक्षरमा नेपालको संविधानको धारा १६८ को (२) बमोजिमको सरकार गठनका लागि दाबी गरिए पनि उनको नियुक्ति र शपथ ग्रहण भने बिहीबार मात्रै हुने भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कानुनी विवाद हुने भन्दै तत्काल नियुक्ति प्रक्रिया अघि नबढाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)