रास्वपा बैठकले सदन प्रभावित, हर्क साम्पाङको व्यंग्य
himalpress.com · Wed Aug 19 08:30:22 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक कारण प्रतिनिधिसभा बैठक प्रभावित बनेको छ। रास्वपा सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको बैठकका कारण सोमबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ।
दिउँसो १ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक रास्वपाको आन्तरिक छलफल नसकिएका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । सभापति लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि पार्टीका मन्त्री र सांसदहरूसँग छलफल गरिरहेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले व्यंग्य गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)