सर्पले टोकेर वैशाखयता ६६ जनाको मृत्यु
ratopati.com · Wed Aug 19 08:48:22 GMT 2026

काठमाडौँ । सर्पले टोकेर पछिल्लो चार महिनामा ६६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म देशभर ६६ जनाको मृत्यु भएको हो । यस्तै, यो अवधिमा नौ सय ५६ जनालाई सर्पले टोकेको छ ।
सर्पले टोकेका प्रत्येक एक सय जनामध्ये १० देखि १२ जनामा मात्रै विषको असर वा लक्षण देखिने गर्छ । यसरी विषको लक्षण पुष्टि भएका बिरामीलाई भने तत्कालै एन्टिभेनम (विष निरोधक खोप) दिई उपचार गर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)