यूएईले इरानमाथि लगायो अनिश्चितकालीन व्यापार प्रतिबन्ध
ratopati.com · Wed Aug 19 09:01:17 GMT 2026

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ । दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै यो कदम चालिएको हो।
बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै युएईको विदेश मन्त्रालयले क्षेत्रमा शान्ति र सुरक्षालाई कमजोर पार्ने बढ्दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएको छ । ‘अर्को सूचना नभएसम्म इरानसँगको सबै व्यापार, व्यावसायिक आदानप्रदान र वित्तीय लेनदेनहरू रोकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)