सर्पदंश अझै पनि जनस्वास्थ्य चुनौती, चार महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु
kendrabindu.com · Wed Aug 19 09:00:13 GMT 2026

काठमाडौं । नेपालमा पछिल्लो चार महिनाको अवधिमा सर्पदंशका कारण ६६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म देशभर सर्पले टोकेका ९५६ जनामध्ये ६६ जनाको मृत्यु भएको हो ।
महाशाखाका अनुसार सर्पले टोकेका सबै व्यक्तिमा विषको असर देखिँदैन । सामान्यतः सर्पदंशका प्रत्येक १०० घटनामध्ये करिब १० देखि १२ जनामा मात्रै विषको असर वा त्यससँग सम्बन्धित लक्षण देखिने गर्छ । विषको लक्षण देखिएका बिरामीलाई भने ढिलाइ नगरी एन्टिभेनम उपलब्ध गराएर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)