एम्बाप्पेको विश्वकपमा गोल वर्षा जारी, यस संस्करणमा ६ गोल
kalakarmi.com · Wed Jul 01 03:12:46 GMT 2026
काठमाडौं- फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै राउन्ड अफ ३२ अन्तर्गत स्विडेनविरुद्ध दुई गोल गरेका छन् । उनको शानदार प्रदर्शनको मद्दतमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
खेलको प्रारम्भदेखि देखि नै आक्रामक शैलीमा प्रस्तुत भएको फ्रान्सका लागि एम्बाप्पेले विपक्षी रक्षापंक्तिलाई निरन्तर दवावमा राखे । उनले दुवै गोल उत्कृष्ट फिनिसिङमार्फत गर्दै आफ्नो टोलीलाई सहज जित दिलाए । फ्रान्सका लागि अर्को एक गोल अर्का खेलाडीले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)