प्रतिनिधि सभा बैठक [लाइभ]
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ । निर्धारित समय भन्दा ढिला गरि सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरू भएको छ । बैठकको सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता’ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)