मटिहानीद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
ratopati.com · Tue Sep 01 16:43:08 GMT 2026

महोत्तरी । मटिहानी नगरपालिकाले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि रु पाँच लाख सहयोग उपलब्ध गराएको छ । मंगलबार मटिहानी नगरपालिकाको नगर कार्यपालिका बैठकले रु पाँच लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउने निर्णय गरेसँगै उक्त रकम पठाएको हो ।
“हामीले तत्काल रु पाँच लाख उद्धार तथा राहतमा प्रयोग होस् भन्ने उद्देश्यले कोषमा आजै रकम पठाएका छौँ”, नगरप्रमुख हरिप्रसाद मण्डलले भने । यसअघि भङ्गाहा नगरपालिकाले रु १५ लाख, बर्दिबास नगरपालिकाले रु १२ लाख ५० हजार, गौशाला नगरपालिकाले रु १० लाख र औरही नगरपालिकाले रु पाँच लाख कोषमा दाखिला गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)