बागमती अटो जिमखाना प्रिक्स १३ भदौमा, विजेताले एसिया च्याम्पियनसिप खेल्ने
onlinekhabar.com · Wed Aug 19 09:30:51 GMT 2026
३ भदौ, काठमाडौं । बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण आगामी भदौ १३ गते (अगस्ट २९) आयोजना हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा गत वर्षदेखि सुरु भएको प्रतियोगिता यसपटक तारकेश्वरको लोलाङस्थित अक्सफोर्ड ड्राइभिङ ट्रेनिङ सेन्टरमा हुनेछ ।
एक्सट्रिम इनर्जीको मुख्य प्रायोजन तथा लिक्वी मोली लुब्रिकेन्ट्सको प्रायोजनमा हुने प्रिक्सका विजेताले हङकङ वा भारतमा आयोजना हुने एसिया अटो–जिमखाना च्याम्पियनसिप (एएजीसी) मा सहभागी हुने अवसर पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)