सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब २९ करोडमा सीमित
kendrabindu.com · Wed Aug 19 09:40:42 GMT 2026

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ०.२६ अंकले घटेर २ हजार ६२२ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन बजार १९.३४ अंकले घटेको थियो।
बजार परिसूचकमा खासै परिवर्तन नआए पनि कारोबार रकम भने उल्लेख्य घटेको छ। मंगलबार ५ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ३ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७८ करोड रुपैयाँ कम हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)