सिमरा विमानस्थलमा नेशनल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन
aarthiknews.com

बीरगञ्ज । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जको सहयोगमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको कलेजका अध्यक्ष प्रो.डा. जैनुद्दिन अन्सारीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।
सरकारले अघि सारेको १०० दिने विकास कार्यक्रमअन्तर्गत देशका विमानस्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य जाँच कक्ष स्थापना गर्ने कार्यक्रमअनुसार सिमरा विमानस्थलमा पनि सेवा सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)