कर्णाली प्रदेशलाई पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौं। ऊर्जा, जलस्रोतः तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले भौगोलिक विकटताका बाबजुद पनि कर्णालीको विद्युतीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।
मन्त्री श्रेष्ठले दिएको जानकारीअनुसार कर्णाली प्रदेशका कुल ७१८ वडामध्ये हालसम्म ८२ वडा पूर्ण रूपमा र ४७२ वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनसँग जोडिएका छन् भने बाँकी १६४ वडामा प्रसारण लाइन पुर्याउन कार्ययोजनासहित काम भइरहेको छ। त्यस्तै, कर्णालीमा हालसम्म २०७ वटा साना तथा लघु जलविद्युत आयोजनाबाट ६ हजार ७१९ किलोवाट र २३ वटा सौर्य मिनी ग्रिडबाट १ हजार ७०९ किलोवाट विद्युत उत्पादन भई करिब ७० हजार घरधुरी लाभान्वित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)