बागमती प्रदेश प्रमुखलाई राप्रपाको पत्राचार- हाम्रा सांसदहरूको हस्ताक्षरलाई मान्यता नदिनू
nepalpress.com · Wed Aug 19 10:04:40 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन रहेको भनी बाहिरिएका समाचारहरूको खण्डन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति रहेको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।
राप्रपाको गत साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि ‘गणितीय चलखेल’ मा सहभागी नहुने निर्णय गरेको थियो । पार्टीले भदौ १ गते बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको प्रक्रियामा तटस्थ बस्न निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)