‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक, अर्जुन सापकोटा र मेलिना राईको स्वर
kendrabindu.com · Wed Aug 19 10:22:37 GMT 2026

काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन छ भने शब्द सन्तोष सापकोटाले लेखेका हुन्। सार्वजनिक गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक खुसीलाई केन्द्रमा राख्दै चलचित्रको ग्रामीण परिवेशलाई प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)