नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ajakoartha.com · Wed Aug 19 10:22:00 GMT 2026

काठमाडौं- नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ। नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ। यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)