सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
annapurnapost.com · Wed Aug 19 10:15:37 GMT 2026

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको प्राप्त गरेका छन्। बुधबार सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा भट्टले विश्वासको मत प्राप्त गरेका हुन्।
मुख्यमन्त्री भट्टको पक्षमा ३१ मत र विपक्षमा १५ मत खसेको छ। विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा परेको ३१ मत प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)